जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताएका छन् । बानेश्वर बहुमखी क्याम्पसको ३२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शैक्षिक योग्यताको प्रमाणपत्र बोकेर रोजगारी खोज्ने नभइ आफै रोजगारी सिर्जना गर्ने क्षमताको विद्यार्थी मुलुकको आजको आवश्यकता भएको उल्लेख गरे ।

बानेश्वर क्याम्पसबाट उत्पादित जनशक्तिले समाजमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै मन्त्री साउदले भने, “अहिले नेपालमा युवा जनसङ्ख्या सबैभन्दा धेरै छ, यो जनशक्तिलाई मुलुकको आवश्यकताअनुसार प्रशिक्षित गरी समृद्धिमा उपयोग गर्न सके मुलुकलाई दीर्घकालीन लाभ हुनेछ ।” हाल रोजगारी र अध्ययनका लागि युवा विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले युवा वर्गलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी मुलुकको समृद्धिमा लगाउन सरकार प्रयत्नशील रहेको बताए ।

कार्यक्रममा हरिबोल भट्टराई, क्याम्पस प्रमुख डा.घमनसिंह खड्कालगायतले क्याम्पसको शैक्षिक गतिविधि बारेमा अवगत गराउँदै क्याम्पसको आगामी शैक्षिक योजनाका बारेमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा दर्जनौ प्राध्यापक, विद्यार्थी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । बानेश्वर बहुमुखी क्याम्पस २०४७ सालमा समाजसेवी, बुद्धिजीवी र ख्यातिप्राप्त शिक्षाविद्हरूको समूहले स्थापना गरेको हो । करिब तीन हजार विद्यार्थी हरेको यो क्याम्पस शिक्षक र समुदायद्वारा सञ्चालित गैरनाफा कमाउने सार्वजनिक क्याम्पस हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्