जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

पत्रकार र सञ्चार संस्थाका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ गरिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमहरुको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका लागि ‘स्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना’ स्थापना गर्ने घोषणा गरेका छन्।

सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले सम्पूर्ण पत्रकारहरुको स्वास्थ्य, दुर्घटना एवं हुलदंगा एवं आतंकको बीमा साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि कोष स्थापना गर्ने उनले जानकारी दिए ।

प्रचण्डले आमसञ्चारमाध्यमलाई सम्बन्धित भूगोलमा बसोवास गर्ने जनसंख्याप्रति लक्षित गरी राष्ट्रिय, प्रादेशिक वा स्थानीय गैरनाफामूलक वा व्यापारिक उद्देश्यका साथ सञ्चालित सञ्चारमाध्यम तथा स्वरोजगार साना, मझौला र ठूला लगानीका आधारमा वर्गीकरण गरी सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्रीले प्रेस सम्बन्धी आवश्यक कानूनहरुको निर्माण र अधिकार प्रत्यायोजनको व्यवस्थित प्रारुप तयार गर्ने जिम्मेवारीलाई गम्भीरपूर्वक लिँदै नीतिगत र कानूनी रुपमा देखिएका समस्या र उल्झनहरु सुल्झाउन सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्