जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • लहान नगरपालिकाले फोहोर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

लहान नगरपालिकाले फोहोर सङ्कलन गर्न भित्रयायो ‘गारवेज ट्रक’

लहान नगरपालिकाले फोहोर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ। लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहोर सङ्कलन गर्न थालिएको जानकारी दिए।

फोहोर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ। पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहोर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहोर सङ्कलन गरिने उनले बताए।

नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहोर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहोर सङ्कलनका लागि ट्रक जान सक्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्