जोडिनुहोस

हालको खबर

Les grands Casinos un brin Gaulois
  • ६ मिनेटutes अगाडि
Cashed Salle de jeu un brin Jeux & Gratification
  • ६ मिनेटutes अगाडि
Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ११ मिनेटutes अगाडि
Originel Casino un peu 2026 Archivage Au top quinze En france
  • १२ मिनेटutes अगाडि
Vegas Hero Salle de jeu Review Partenaire & Player Ratings 2025
  • १२ मिनेटutes अगाडि
  • होमपेज
  • चीनको केन्द्रीय बैंकका पूर्व डेपुटी गभर्नर घुस लिएको आरोपमा पक्राउ

चीनको केन्द्रीय बैंकका पूर्व डेपुटी गभर्नर घुस लिएको आरोपमा पक्राउ

बेइजिङ— चिनियाँ अधिकारीहरूले केन्द्रीय बैंकका पूर्व डेपुटी गभर्नर फ्यान यिफेई विरुद्ध भष्ट्राचार गरेको आरोपमा पक्राउ गरेको एनाडोलु समाचार एजेन्सीले उल्लेख गरेको छ।

सन् २०२२ सम्म पिपुल्स बैंक अफ चाइनाको डेपुटी गभर्नरका रूपमा कार्यरत ५९ वर्षीय यिफेईविरुद्ध मुद्दा दायर गरिएको थियो र उनलाई जुनमा पक्राउ गरिएको थियो ।

उनी माथि घूस लिएको आशंकामा सार्वजनिक मुद्दा चलाइएको बेइजिङस्थित दैनिक ग्लोबल टाइम्सले रिपोर्ट गरेको छ। फ्यानले चाइना इन्फास्ट्रचर बैँक, चाइना इन्भेष्टमेन्ट कर्पोरेशन र पिपुल्स बैंक अफ चाइनामा रहँदा विशेष गरी ठूलो रकम घुस लिई अरूलाई फाइदा पुर्‍याउन आफ्नो पदको दुरुपयोग गरे, बेइजिङस्थित सिन्ह्वाले रिपोर्ट गरेको छ।

जुनमा फ्यानलाई चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासित गरिएको थियो। फ्यानले अनौपचारिक लगानी योजनाहरू मार्फत व्यक्तिगत आर्थिक लाभका लागि आफ्नो सार्वजनिक पदको प्रयोग गरी भ्रष्टाचारी गतिविधिहरूको श्रृंखलामा संलग्न रहेको दाबी गरेपछि उनको निष्कासन र त्यसपछिको गिरफ्तारी भएको अनाडोलु समाचार एजेन्सीले उल्लेख गरेको छ। ।

संलग्न सम्पत्तिहरू जाँच र अभियोजनको लागि प्राविधिक अधिकारीहरूलाई हस्तान्तरण गरिएको थियो।

उल्लेखनीय कुरा के छ भने, चालू वर्षको पहिलो त्रैमासिकमा चीनको भ्रष्टाचार सम्बन्धि १ लाख ३८ हजार मुद्दा र उच्च पदस्थ अधिकारीसहित १ लाख ११ हजार व्यक्तिलाई पक्राउ गरेको अनाडोलु समाचार एजेन्सीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्