जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • पाकिस्तानी किसानद्वारा ‘कृषि संकटकाल’ लागू गर्न आग्रह

पाकिस्तानी किसानद्वारा ‘कृषि संकटकाल’ लागू गर्न आग्रह

लाहोर– पाकिस्तानमा भइरहेको गहुँको चरम संकटको बीचमा किसानको छाता संस्था पाकिस्तान किसान इत्तेहाद (पीकेआई) ले सरकारलाई ‘कृषि संकतकाल’ लागू गर्न आग्रह गरेको छ ।

पीकेआईकाअध्यक्ष खालिद महमुद खोखरले सरकारको नीतिको आलोचना गर्दै त्यसको परिणामस्वरुप सन् २०२३ मा राष्ट्रले अझै गहुँ किन्नै पर्ने दाबी गरे। उनले बजारमा मलको अभाव भएको पनि उल्लेख गर्दै तत्काल मल उपलब्ध गराउन सरकारलाई आग्रह गरे।

औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग हुने बाली कम उत्पादन भएकाले मलको अभावले निर्यातमा पनि असर पर्ने एक्सप्रेस ट्रिब्यूनले जनाएको छ । पाकिस्तानका धेरै प्रान्तमा गहुँको अभाव र भागदौड को अवस्था सिर्जना भएको छ ।

पाकिस्तानमा जारी संकटको बीचमा गहुँ र पीठोको मूल्य आकाशिएको एक्सप्रेस ट्रिब्यूनलेले लेखेको छ। कराँचीमा गहुँको मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँबाट १ सय ६० रुपैयाँमा पुगेको छ । इस्लामावाद र पेशावरमा १० किलोको पिठो प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा र २० किलोको पिठो २ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

पञ्जाब प्रान्तका मिल मालिकहरूले पीठोको मूल्य प्रतिकिलो १ सय ६० रुपैयाँ पुर्याएका छन् । बलुचिस्तानका खाद्य मन्त्री जमराक अचकजाईले प्रान्तमा गहुँको भण्डार ‘पूर्ण रूपमा समाप्त भएको’ बताएका छन्। उनले बलुचिस्तानलाई तत्काल दुई लाख बोरा गहुँको आवश्यकता रहेको र अन्यथा संकट झन झन बढ्न सक्ने चेतावनी दिए।

त्यसैगरी, खैबर पख्तुनख्वामा सरकारले स्थिर मूल्य नियन्त्रण गर्न असफल भएपछि २० किलोग्रामको पिठोको झोला ३१०० रुपैयाँमा बिक्री भइरहेको द न्यूज इन्टरनेशनलले रिपोर्ट गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्