जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५७ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५८ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • महोत्तरीमा पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक

महोत्तरीमा पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक

महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ।  मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज बाहिरिएको छ।

जसमा मास्क लगाएका ४ जना पुरूषले पेस्तोल देखाउँदै बैंकभित्र प्रवेश गरेको देखिन्छ।

ग्राहकलाई एक ठाउँमा उभाएर उनीहरू काउन्टरभित्र प्रवेश गरेको भिडिओमा देखिन्छ। अर्का एक लुटेराले भने ग्राहककै कपडा लिएर काउन्टरमा प्रवेश गरेको देखिन्छ।

केहीबेरमा त्यही कपडामा पैसा पोको पारेर ल्याएको देखिएको छ। प्रहरीका अनुसार लुटपाट भएको रकमको विवरण आइसकेको छैन। तर बैंकले भने करिब ३५ लाख रुपैयाँ लुटेको प्रारम्भिक जानकारी प्रहरीलाई दिएको छ।

लुटपाट गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्