जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ६ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ७ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ९ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १२ मिनेटutes अगाडि
  • होमपेज
  • आज २०८० साल माघ २४ गते बुधबारको राशिफल

आज २०८० साल माघ २४ गते बुधबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय राम्रो छ। गुमेको धन हात लाग्ने योग छ। यात्रामा निस्कने इच्छा पूरा हुनेछ। मनलाई सम्हाल्नु राम्रो हुन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षा र रोजगारीको क्षेत्र सबल छ।

वृषः दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि सदुपयोग गर्ने क्षमता रहन्छ। सामाजिक क्षेत्रमा नाम र सम्मान बढ्नेछ। प्रेम सम्बन्ध र सहकार्यमा मधुरता रहनेछ।

मिथुनः दैनिकी राम्रो छ। इच्छा बमोजिमको भोजन मिल्नेछ। भ्रमणमा सहयोगी मानिसको साथ रहनेछ। आर्थिक भन्दा सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्ने योग छ। परिवारको साथ मिल्नेछ।

कर्कटः दिन सामान्य छ। अचानक रोगको प्रकोप देखिने छ। खानपानमा सचेत हुनुपर्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंहः दैनिकी राम्रो छ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। राजनीतिमा भने खराब मानिसको जालमा फस्ने योग छ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्धमा खटपट हुनसक्छ।

कन्याः दिन राम्रो छ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। अरुमार्फत् काम गर्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र सबल देखिन्छन्। साथी र परिवारको साथ मिल्नेछ।

तुलाः दिन राम्रो छ। आर्थिक क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। शिक्षाको लगानीबाट मन खुशी हुने छैन। तर निरन्तरता दिनु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा धेरैले प्रशंसा गर्नेछन्। परिवारको सहयोग प्राप्त हुनेछ।

वृश्चिकः दिन सामान्य राम्रो छ। ठुलो प्रगति हुने योग देखिँदैन। स्वास्थ्यमा रोगको प्रकोप देखिने छ। सामाजिक क्षेत्रमा आरोप प्रत्यारोप सुन्नुपर्ने छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

धनुः दिन राम्रो छ। मादक पदार्थ सेवन गर्नेसँग टाढा बस्नु फाइदा हुनेछ। लगानीबाट राम्रो आम्दानी हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ पाइने छ।

मकरः दिन सामान्य छ। तपाईंको रोकिएको काम बन्नेछ। विश्वास गरेका पात्रबाट असहयोग हुनसक्छ। आफ्नो आलोचना आफैले सुन्नुपर्नेछ। परिवारबाट असहयोग हुनेछ। प्रेम सम्बन्धमा खटपटी आउनसक्छ।

कुम्भः दैनिकी सामान्य छ। शनिदेवको छाया योग रहेकाले हनुमानको भजन गर्नु राम्रो हुन्छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक काममा अगाडि नबढ्नु राम्रो। परिवारको कुरा नबुझेमा घाटा हुनेछ।

मीनः समय राम्रो छ। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्र सबल देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। कामको सुरुवात गर्ने भए अध्ययन गर्नुपर्ने देखिन्छ। आम्दानीको लोभमा तास र जुवाको खालमा नबस्नु राम्रो हुन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्