जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४६ मिनेटutes अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४८ मिनेटutes अगाडि
Verken de Betoverende Wereld van Vulkan Vegas en Win Goud
  • ५२ मिनेटutes अगाडि
Jackpot City Online Casino: A Premium Gaming Destination
  • ५५ मिनेटutes अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • १ घन्टा अगाडि
  • होमपेज
  • पाकिस्तान आम निर्वाचन मतदान जारी

अन्तर्राष्ट्रिय

पाकिस्तान आम निर्वाचन मतदान जारी

पाकिस्तान आम निर्वाचन मतदान जारी

पाकिस्तानको आम निर्वाचनका लागि बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ । कूल २६६ मध्ये एक बाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्नका लागि स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी रहेको छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समय अनुसार बिहान ८ बजेदेखि शुरू भई बेलुका ५ बजेसम्म निर्वाधरुपमा जारी रहने बताए । मतदानबाट आगामी पाँच वर्षका लागि नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छान्न मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेको आयोगले जनाएको छ । पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकै दिन भइरहेको छ ।

आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी जनता अर्थात् देशको कूल जनसङ्ख्याको आधाभन्दा बढी व्यक्ति आम निर्वाचनका लागि मतदान गर्न योग्य मानिएका छन् । देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ भने आयोग, सुरक्षाकर्मी तथा मतदाताको सहयोगमा चुनावको लागि सबै व्यवस्था सम्पन्न भइसकेको छ । कूल २६५ सीटका लागि हुने राष्ट्रिय निर्वाचनका लागि छ हजारभन्दा बढी उम्मेदवार रहेका र खैबर पख्तुनख्वा, पञ्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका लागि ५९० वटा सीटमा १२ हजारभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने घोषणा आयोगले गरेको छ । उम्मेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्