जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

टुँडिखेलको सीप मेला अवलोकनपछि मेयर हमालक‍ो प्रस्ताव- धनगढीमा पनि गरौँ

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले काठमाडौंको टुँडिखेलमा आयोजना भइरहेको सीप मेलाको अवलोकन गरेका छन् । बुधबार बिहान उनले सीप मेलाको स्थलगत अवलोकन गरेका हुन् ।

सीप मेलाको अवलोकनपछि उनले युवाहरूलाई स्वरोजगार बनाउन निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले धनगढीमा पनि यस्तै खालको सीप मेलाको आयोजना गर्न साझेदारहरूलाई प्रस्ताव गरे।

‘युवाहरूसँग डिग्रीको प्रमाणपत्रभन्दा सिपालु हात हुनुपर्ने अहिलेको खाँचो हो। यस्तो खालको सीप मेलाले युवालाई आत्मनिर्भर बनाउन मद्दत गर्छ। धनगढीमा पनि यस्तै सीप मेला आयोजना गर्न हामी तयार छौँ,’ मेयर हमालले भने, ‘तपाईँहरू आउनुहोस्। हामी सहकार्य गर्न तयार छौँ।’

उनले बजारको मागअनुसार सीप र तालिम प्रदान गर्नुपर्ने बताए। ‘हिजो तालिमका नाममा तालिमको ठेक्का पाउनेहरू मात्रै रोजगार भए,’ हमालले भने, ‘अब त्यसरी हुँदैन। तालिम लिएकाहरू साँच्चिकै रोजगार हुने गरी काम हुनुपर्छ।’

काठमाडौं महानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको सहकार्यमा टुँडिखेलमा आयोजना भइरहेको सीप मेलामार्फत एक महिनामा २ हजार ८१ जनालाई रोजगारीमा जोड्ने लक्ष्य राखिएको छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई बजारसँग जोड्नका लागि मेलाको अवधारणा अघि सारिएको महासंघका महासचिव छत्र बमले बताए।

उनले सीप सिक्नका लागि १५ हजारभन्दा धेरै युवाको आवेदन परेको बताउँदै आगामी दिनमा सबैलाई तालिमको अवसर दिएर रोजगारीसँग जोड्ने लक्ष्य लिइएको बताए। राज्यका विभिन्न निकायहरूबाट पनि सकारात्मक प्रतिक्रिया आएको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्