जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल

आज २०८० साल चैत २७ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः काममा अवरोध हुने जोखिम छ। जुनसुकै योजना अगाडि बढाउँदा पनि सचेत हुनु राम्रो हुन्छ। हरेक क्षेत्रमा जस्तै यात्रामासमेत जोखिम देखिन्छ। अप्ठेरो परिस्थितिमा पनि परिवारको भने साथ रहनेछ।

वृषः सिर्जनात्मक क्षमताको विकास हुनेछ। लगानी भएका क्षेत्रको काम अगाडि बढ्नेछ। शिक्षामा सम्मान हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट राम्रो आम्दानी हुनेछ।

मिथुनः महत्त्वपूर्ण कामको सुरुवात गर्ने दिन छ। समाजसेवामा मन जानेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कटः आदर्श व्यक्तिसँगको भेटले मन खुशी हुनेछ। स्वदेश तथा विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।

सिंहः खर्च बढ्नेछ। आफू कमजोर भएको सोचाइ मनमा उब्जन सक्छन्। शिक्षामा भने सफलता मिल्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारमा भने खटपटी हुने जोखिम छ।

कन्याः अरुलाई प्रभावमा राखेर काम गर्नुपर्ने दिन छ। शिक्षाबाट उत्साह बढ्नेछ। स्वदेशी लगानीमा सफलता मिल्नेछ। पारिवारिक र सामाजिक क्षेत्र सबल रहेको छ। आर्थिक क्षेत्रमा उन्नति हुनेछ।

तुलाः स्वास्थ्यको ख्याल गर्नुपर्ने दिन छ। आफ्नो मूल्य बुझ्नुपर्ने दिन हो। खानापानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। ठूला कामको सुरुवात गर्नु राम्रो हुन्छ। तपाईंको काम देखेर परिवार र समाजले प्रशंसा गर्नेछन्।

वृश्चिकः रोकिएको कामको सुरुवात हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। नयाँ नयाँ कुरा सिक्ने अवसर सिर्जना हुनेछ।

धनुः महत्त्वपूर्ण काममा अवरोध हुनसक्छ। लगानी गरेका क्षेत्रमा विवाद हुने देखिन्छ। मित्रबाट सहयोग मिल्नेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः अवसर धेरै आएका छन्। बोलीको प्रभावले हरेक काम बन्नेछन्। परिवारबाट साथ र सहयोग मिल्नेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने योग छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

कुम्भः श्रमको मूल्य प्राप्त हुनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। साथीले सहयोग गर्नेछन्। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ।

मीनः परिवारसँग रमाउने दिन छ। समाजसेवामा मन जानेछ। परिवारमा रमाउनु नै आजको दिनको उपलब्धि मान्नुपर्नेछ। आकर्षक उपहार प्राप्त हुने योगसमेत रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्