जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ ; सांसद पन्त

सर्वोच्चको नयाँ मापदण्ड बारेको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ ; सांसद पन्त

नेकपा एमाले का नेता एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले बागमती नदी संरक्षणको सन्दर्भमा सर्वोच्च अदालतबाट जारी भएको थप २० मिटर मापदण्डको फैसलाविरुद्ध पुनरावलोकन जान सुझाव दिएका छन् । सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले सर्वोच्चको उक्त फैसलाले जनतालाई असर गरेको बताउँदै पुनरावलोकनमा जानुपर्ने बताएका हुन् ।

सांसद पन्तले सर्वोच्चको उक्त फैसलाविरुद्ध सरकार पुनरावलोकन नजाने हो भने जनताको सम्पत्तिमाथिको हक हनन हुने बताउँदै उनले भने- ‘जनताको मनस्थिति, मनोभावना र उनीहरूलाई परेको अन्यायलाई ध्यानमा राख्दै सरकार तुरुन्तै पुनरावलोकनमा जाओस् । सर्वोच्च अदालतलाई विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु– उपत्यका जनताले पुनरावलोकनमार्फत न्यायपूर्ण फैसला हुन्छ भन्ने अपेक्षा गरेका छन् ।’

उनले कहिलेकाहीँ न्यायाधीशहरू कानुनी व्यवस्थामा बाँधिनुपर्ने अवस्था आउने भए पनि कुनै विषयमा व्यवहारिक रूपमा न्यायाधीशले हेर्नुपर्ने बताए । उनले यस मुद्दामा सर्वोच्चले व्यवहारिक पक्ष हेर्नुपर्नेमा जोड दिए ।