जोडिनुहोस
मङ्लबार, कार्तिक २६, २०८२
मङ्लबार, कार्तिक २६, २०८२
  • होमपेज
  • आज २०८१ साल साउन २६ गते शनिबारको राशिफल

आज २०८१ साल साउन २६ गते शनिबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः मन खुशी हुनेछ। व्यवसायमा उन्नति हुने दिन छ। आँटेका काम सहजै बन्नेछन्। धन आर्जनका लागि परिवारको सहयोग आवश्यक देखिन्छ। नम्र भएर गरेको काम सफल बन्नेछ।

वृषः विदेशको रमझममा मन भुल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। राजनीतिमा चासो बढ्नेछ। संगठनमा तपाईंको खोजी हुनेछ। परिवारमा विचारले मेल नखाने योग भएकाले थोरै बोल्नु राम्रो हुनेछ।

मिथुनः तपाईंको प्रतिभाको सम्मान हुनेछ। कलाको माध्यमबाट नाम र दाम मिल्नेछ। गुरुसँगको भेटले मानसिक उमंग मिल्नेछ। संयुक्त लगानी गरे फाइदा हुनेछ। परिवारमा फसाउने काम हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ।

कर्कटः तपाईंको उन्नतिमा जल्नेको संख्या बढ्नेछ। योजना सार्वजनिक नगरी अगाडि बढ्नु राम्रो होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक क्षेत्रमा सक्रिय हुँदा मनमा खुशी मिल्नेछ।

सिंहः धनस्थानमा चन्द्रमा पुगेका छन्। जसलाई धनलक्ष्मी योग भनिन्छ। आज बनाएको योजनाबाट धन कमाउन सकिने छ। शिक्षाको लगानीबाट नाफा हुनेछ। सामाजिक क्षेत्रमा मन जानेछ। परिवारको राम्रो साथ मिल्नेछ।

कन्याः दैनिकी राम्रो छ। नयाँनयाँ अवसर जुट्नेछन्। व्यापारमा गरेको लगानीबाट फाइदा हुने योग छ। छिमेकमा भएको धार्मिक कार्यमा सहभागी भएर ज्ञान आर्जन गर्ने योग छ। साथीसँगको रमझमले दिन रमाइलो बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

तुलाः समाजसेवामा समय बित्नेछ। सेवाका अवसर लगातार प्राप्त हुनेछन्। स्वास्थ्यमा समस्या पर्ने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। संकटमा परिवारको शान्तिपूर्ण साथ र सहयोग रहनेछ।

वृश्चिकः स्वास्थ्यमा समस्या हुनसक्छ। साथी र संगठनबाट साथ मिल्नेछ। राज्यको तर्फबाट राम्रो साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरे मन शान्त हुनेछ।

धनुः दिन रमाइलो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। शुभ समाचारले मन शान्त हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह थपिनेछ। परिवारसँगको सम्बन्धमा सुमधुरता रहनेछ।

मकरः सञ्चित धन खर्च हुनेछ। धन खर्च भए पनि अवसर भने लगातार मिल्नेछन्। कला र बुद्धिले व्यापारको माध्यमबाट आम्दानी बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

कुम्भः आफ्नो काम आफैं गर्नुपर्ने समय छ। आफ्नो काम अरुबाट हुन्छ भनेर प्रतिक्षा गरेमा तनाव बढ्नेछ। झुटा आरोप, स्वास्थ्यमा गढबढी, परिवारमा शंका उपशंकाको जोखिम छ। बिहानै धार्मिक कार्यमा सहभागी भएमा दिन सहज र शान्त बन्ने देखिन्छ।

मीनः खर्च गर्न नजान्दा तनाव बढ्नेछ। शिक्षा र कलाको माध्यमबाट नाम, दाम र सम्मान बढ्नेछ। अभिभावकको सुझाव कार्यान्वयन गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका