जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • रविले लेखे– ‘प्रिय निकिता’ घेराबन्दी तोड्नेछौँ, हामी जित्ने छौँ, ‘आई लभ यू’

रविले लेखे– ‘प्रिय निकिता’ घेराबन्दी तोड्नेछौँ, हामी जित्ने छौँ, ‘आई लभ यू’

गत स्थानीय तह निर्वाचनका बेला काठमाडौँबाट हराएको ‘कोर एरिया’ एकाएक चितवनमा भेटिएको छ। त्योपनि ‘कोर टिम’को नाममा।

हिजोआज सामाजिक सञ्जाल र मास–मिडियामा उपनिर्वाचनको चर्चा छ। तर त्योभन्दा चर्चा दुई करोड ‘घुस काण्ड’ र रवि लामिछानेको ‘कोर टीम’को छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निकालिएका ढाकाकुमार श्रेष्ठले सभापति रवि लामिछानेको ‘कोर टिम’को भण्डाफोर गर्ने चेतावनी दिएका छन्। साथसाथै, ‘मेडिकल माफिया’ दुर्गा प्रसाईंले ‘कोर टिम’को सूची सार्वजनिक गर्दै हिँडिरहेका छन्। उनका अनुसार ‘कोर टिम’मा लामिछानेकी श्रीमती निकिता पौडेलसमेतको नाम जोडिएको छ।

श्रीमतीको नाम ‘कोर टिम’मा जोडिएपछि सभापति लामिछाने रिसाएका छन्। आक्रोश पोखेका छन्। उनले निराधार राखिएका समाचार र पोस्टहरू नहटाए कडा कानूनी प्रक्रियामा जाने चेतावनी दिँदै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई तर्साइरहेका छन्।

‘एक आफैमा योग्य, सक्षम महिला जसलाई आफ्नो श्रीमानको प्रगति बाहेक राजनीतिमा केही लिनुदिनु छैन, कायरहरू उसमाथि खनिएका छन्। बिना आधार, बिना प्रमाण कायरतापूर्वक गरिएको आक्रमणको हिसाब राखेका छौं,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

राजनीतिको रंगमञ्चमा छिरेपछि प्रश्नबाट भाग्दै आएका उनी बेलाबेला मिडियासँग खनिन्छन्। तर यसपटक उनी लेख्छन्, ‘निराधार राखिएका समाचार र पोस्टहरु नहटाए कडा कानुनी प्रक्रियामा जान्छौ। प्रिय निकिता पैडेल लामिछाने बिना कारण तिमीले सहनु परेको बद्नामी र तनावप्रति कायरहरुको तर्फबाट म क्षमा चाहन्छु। न पीर गर, हामी यो घेराबन्दी तोड्नेछौ, हामी जित्नेछौं। आई लभ यू।’

तपाइको प्रतिक्रिया दिनुहोस्