जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • मानव तस्करको जालोमा परेर बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ

मानव तस्करको जालोमा परेर बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ

काठमाडौं। मानव तस्करको जालोमा परेर विभिन्न देश हुँदै बुल्गेरिया पुगेका १८ नेपाली पक्राउ परेका छन्। उनीहरूलाई तीन महिना अगाडि नै बुल्गेरिया प्रहरीले पक्राउ गरेको खुलेको छ। बुल्गेरियामा रहेका नेपालीलाई कन्सुलर सेवा दिँदै आएको जर्मनीस्थित नेपाली दूतावासका अनुसार बुल्गेरिया प्रवेशको आधिकारिक कागजात नभएपछि उनीहरू पक्राउ परेका हुन्।

उनीहरूलाई यही साता डिपोर्ट (देश निकाला) गर्ने तयारी बुल्गेरिया सरकारले गरेको छ। हाल उनीहरूलाई बुल्गेरियाको राजधानी सोफियास्थित डिपोर्टेसन सेन्टरमा राखिएको छ। ‘एउटै डिपोर्टेसन सेन्टरमा १८ नेपाली छौं,’ त्यहाँ रहेका एक नेपालीले भने, ‘हामी ट्राभल डकुमेन्टको प्रतीक्षामा छौं।’

उनीहरूमध्ये ६ जना राहदानी फालेर शरणार्थी बन्ने प्रक्रियामा थिए। ‘हामी कसैको साथमा राहदानी छैन। यहाँको प्रहरीले नेपाली दूतावाससँग स्वदेश फर्कन ट्राभल डकुमेन्ट पठाइदिन पत्राचार गरेको जानकारी दिएको छ। दूतावासले ट्राभल डकुमेन्ट पठाउनेबित्तिकै टिकट खोजेर हामीलाई स्वदेश फिर्ता पठाइदिनेछ,’ ती नेपालीले भने।

जर्मनीस्थित नेपाली दूतावासका उपप्रमुख सागर फुयालले उनीहरूलाई यथाशीघ्र नेपाल पठाउन बुल्गेरिया सरकारसँग समन्वय भइरहेको जानकारी दिए। ‘हामीले ट्राभल डकुमेन्ट जारी गरिसकेका छौं। उनीहरूलाई बुल्गेरिया सरकारले आफ्नै टिकटमा नेपाल पठाउँदै छ। अर्को सातासम्म डिपोर्ट भइसक्छन्,’ उनले भने। ती नेपालीहरू भारतबाट रोमानिया, हंगेरी हुँदै बुल्गेरिया पुगेका थिए।

जसमध्ये अधिकांश वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका हुन्। रोमानियाका लागि श्रम स्वीकृति लिई पुगेकाहरू पछिल्लो समय भागेर दोस्रो देश जानेको संख्या बढिरहेको छ। ‘म पोल्यान्ड जाने तयारीमा थिएँ। बुल्गेरियाको तीन महिनाको भिसा थियो। भिसाको म्याद समाप्त भएपछि पक्राउ परेको हो,’ अर्का नेपालीले भने, ‘अब नेपाल जानुको विकल्प छैन।’