जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा

राष्ट्रपति निर्वाचनको प्रचारका लागि डोनाल्ड ट्रम्पलाई पाँच करोड डलर चन्दा

काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्बपति टिमोथी मेलनले राष्ट्रपति निर्वाचनको प्रचारका लागि पाँच करोड डलर चन्दा दिएका छन् ।

ट्रम्पका लागि काम गर्दै आएको ‘एमएजीए इंक’ नामक सुपर–प्याक फन्डले चुनाव आयोगलाई गत महिनामा आमनगरिकबाट ६.८ करोड डलरभन्दा बढी चन्दा लिएको जानकारी दिएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले पिट्सबर्गस्थित मेलन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई पाँच करोड डलर चन्दा दिएको समाचारमा उल्लेख गरेको छ । यस्तै अर्बपति लिज र डिक उइहलिनले पनि ट्रम्पलाई एक करोड डलर चन्दा दिएका छन् । अमेरिकी मिडियाका अनुसार ट्रम्पलाई न्युयोर्क हश–मनी केसमा दोषी ठहर गरेको एक दिनपछि मेलनले चन्दा पठाएका थिए ।

मेलनले राष्ट्रपतिका स्वतन्त्र प्रत्यासी रोबर्ट एफ केनेडी जुनियरलाई पनि दुई करोड डलर चन्दा दिएका छन् । मेलनद्वारा उपलब्ध गराइएको चन्दाबाट पछिल्ला केही सातामा ट्रम्पको टिमले चुनाव प्रचार–प्रसारमा राष्ट्रपति जो बाइडेनभन्दा बढी खर्च गरेको बीबीसीले जनाएको छ ।