जोडिनुहोस
  • होमपेज
  • केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

अन्तर्राष्ट्रिय

केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

  • Sagarmatha TV
  • बिहिबार, बैशाख १८, २०८२
केआईआईटीमा अर्की नेपाली विद्यार्थी मृत फेला

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक नेपाली विद्यार्थी मृत फेला परेकी छिन् ।

बिहीबार साँझ एक विद्यार्थी कलेजको होस्टलमै मृत फेला परेको भूवनेश्वरको ओटीभीका स्वाधिन राउतले  जानकारी दिए ।

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

त्यसपछि प्रकृतिको न्याय माग्दै क्याम्पसमा नेपाली विद्यार्थीले गरेको प्रदर्शनमा कलेज प्रशासनले दमन गरेको थियो । कलेज प्रशासनको निर्देशनमा सुरक्षागार्डले नेपाली विद्यार्थीमाथि निर्घात कुटपिट गरेका थिए भने प्रशासनले होस्टल छाडेर जान निर्देशन दिएको थियो । घटना बढ्दै जाँदा तनावको स्थिति पैदा भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका