जोडिनुहोस
  • होमपेज
  • दिल्लीमा भारी वर्षा : ११ जनाको मृत्यु, सयौं उडान रद्द

दिल्लीमा भारी वर्षा : ११ जनाको मृत्यु, सयौं उडान रद्द

काठमाण्डु- भारतको राजधानी दिल्लीमा भारी वर्षा भएको छ । वर्षासँगै राजधानी र वरपरका क्षेत्रमा तीव्र हावा चलेको छ भने रूखका हाँगाहरू भाँचिएर सडकमा ढलेका छन् ।

दिल्ली–एनसीआरका साथै उत्तर प्रदेश र छत्तीसगढमा पनि आँधीबेहरी, वर्षा र चट्याङका घटनामा ११ जनाको मृत्यु भएको छ । दिल्ली र उत्तर प्रदेशमा ४–४ जना र छत्तीसगढमा २ जनाको मृत्यु भएको छ ।

दिल्ली–एनसीआरमा अझै पनि तीव्र हावा र धुलोको आँधी चलिरहेको छ । यहाँका तल्लो भेगमा पानी जमेको छ । दिल्ली विमानस्थलबाट १०० भन्दा बढी उडानहरू अवरुद्ध भएको छ ।

भारतको मौसम विभागका अनुसार शुक्रबार मध्य प्रदेश, छत्तीसगढ, उत्तराखण्ड, ओडिशा, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरामा असिना पर्न सक्छ। जबकि राजस्थान, हरियाणा, चण्डीगढ, दिल्ली र पञ्जाबमा धुलोको आँधी आउने जनाएको छ ।

दिल्लीको द्वारकामा रूख ढल्दा एक महिला र उनका तीन बच्चाहरूको मृत्यु भएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका