जोडिनुहोस
  • होमपेज
  • रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

रसुवामा दुई बच्चासहित दुर्लभ चरी बाघ फेला

रसुवा । रसुवाको कालिका गाउँपालिका–२ मा दुईवटा बच्चासहित दुर्लभ चरी बाघ देखिएको छ।

कालिका रेन्ज पोष्टकी रेन्जर सुलक्ष्या श्रेष्ठका अनुसार बस्ती नजिकैको ढुंगाको कापमा बास बसेको अवस्थामा चरी बाघ भेटिएको हो। उनले भनिन्, “चरी बाघ आफैंमा दुर्लभ हो, त्यसमा पनि दुई बच्चासहित देखिनु झनै दुर्लभ हो।”

ढुंगाको प्वालजस्तो स्थानलाई बाघले बासस्थानका रूपमा लिएको हुनसक्ने श्रेष्ठको भनाइ छ। घटना जानकारी पाएपछि नेपाली सेनाको श्रीनाथ गणबाट पनि टोली खटिइ चार दिनसम्म निगरानी गरिएको थियो।

घटना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जानकारी गराइएको थियो। कोषले पनि आफ्ना कर्मचारी पठाएको थियो। श्रेष्ठका अनुसार केही दिनपछि चरी बाघ आफ्ना दुई बच्चासहित आफैं निस्किएको हो।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Die Entwicklung der Casino -Treueprogramme