
काठमाडौँ। सर्वोच्च अदालतले २०७८ सालमा संवैधानिक निकायमा नियुक्त ५२ संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । मध्यरातमा निर्णय सुनाउँदै संवैधानिक इजलासको बहुमतले रिट खारेजको आदेश जारी गरेको हो ।
इजालसले पदाधिकारीको नियुक्ति संविधानसम्मत् भएको भन्दै नियुक्ति बदरगर्न अस्वीकार गरेको छ । रिट खारेज गरिदिएसँगै संवैधानिक पदाधिकरीहरुको नियुक्तिले निरन्तरता पाएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासले बहुमतबाट रिट खारेज गरेको हो ।
नियुक्ति पाएको साढे चार वर्षदेखि विचाराधीन मुद्दा आज किनारा लागेको हो । यसअघि जेठ २८ गते हुने भनिएकोमा आज असार १८ गतेका लागि निसु तोकिएको थियो ।
अध्यादेश ल्याएर संविधान विपरित संवैधानिक आयोगमा पदधिकारी नियुक्ति गरेको भन्दै उक्त नियुक्ति खारेजीको मागगर्दै सर्वोच्च अदालतलको संवैधानिक इजालासमा रिट परेको थियो ।