जोडिनुहोस
  • होमपेज
  • नेपाल मलेसियालाई ९ विकेटले हराउँदै यु–१६ इस्ट जोन कपमा प्रवेश

नेपाल मलेसियालाई ९ विकेटले हराउँदै यु–१६ इस्ट जोन कपमा प्रवेश

काठमाडौं । नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।

घरेलु टोली मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको हो ।

नेपालले जितका लागि ९१ रनको सामान्य लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

नेपालको जितमा परिमार्जन यादवले विस्फोटक ब्याटिङ गरे । उनले ३५ बलमा ५९ रनको शानदार अर्धशतकी पारि खेले ।

शिवांश बजगाईँले २२ बलमा २३ रन बनाए । ओपनर प्रसिद्ध जैसीले २ रनको योगदान दिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका