जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
  • होमपेज
  • मध्यपुरथिमि बोडेमा नीलबाराही नाच सुरु

मध्यपुरथिमि बोडेमा नीलबाराही नाच सुरु

भक्तपुर। मध्यपुरथिमि नगरपालिका–८ बोडेमा दैवीशक्ति र तान्त्रिक विधिअनुसार तीन दिन चार रातसम्म चल्ने १९ देवगण सम्मिलित नीलबाराही नाच गए राति सुरु भएको छ।

नीलबाराही नाच गाईजात्राको भोलिपल्ट मध्यरातिबाट देवता घरबाट सुरु भई शहरका विभिन्न स्थानमा रातभर नाच र पूजा गरिन्छ। भोलिपल्ट बिहान स्थानीयले नाचका सबै देवगणलाई पूजा गर्दछन्। यो परम्परा चार रातसम्म बिहानसम्म चल्ने गर्छ। नाचले तान्त्रिक शक्तिका आधारमा नाच्ने र देवगणलाई शक्ति प्राप्त हुने विश्वास छ।

त्यस्तै, मध्यपुरथिमि–७ नगदेशमा १२ वर्षपछि गए राति तान्त्रिक शक्ति रहेको भैरव नाच ‘भैलः प्याखँ’ प्रदर्शन हुँदैछ। गाईजात्राको भोलिपल्टदेखि पञ्चमीसम्म चार रातसम्म प्रदर्शन हुने यो नाचमा सय जनाभन्दा बढी सहभागी छन्।

त्यसैगरी, मध्यपुरथिमि–५ पोबुटालबाट सलचा प्याँख (घोडा नाच) पनि चार रातसम्म विभिन्न क्षेत्रमा प्रदर्शन हुँदैछ। मध्यपुरथिमिका तीन ठूला सहरमा चार दिनसम्म देवीदेवताको नाच चल्ने छ।