जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौँ। अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गर्ने भएको छ ।

विभागका निर्देशक टीकाराम ढकालले एक विज्ञप्ति जारी गर्दै नेपालमा पछिल्लो विकसित घटनाक्रमका कारण भिसा अवधि थप गर्न नसकेका विदेशी नागरिकमा पर्न गएको असुविधाप्रति विभाग संवेदनशील भएर अध्यागमन कार्यालयबाटै भिसा अनुमति दिने बताए ।

उनका अनुसार सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएका र कफ्र्यु आदेश लागू भएको अवधिमा प्रस्थान गर्नुपर्ने विदेशी नागरिकलाई प्रस्थान गर्ने बिन्दुमा अध्यागमन कार्यालयबाट अतिरिक्त शुल्क नलिइ भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ ।

त्यसैगरी यस अवधिमा राहदानी हराउने र सम्बन्धित दूतावासबाट ट्राभल डकुमेन्ट वा आपतकालीन राहदानी लिइसकेका विदेशी नागरिकका लागि भिसा स्थानान्तरणको पनि आवश्यक व्यवस्था मिलाइएको छ ।

यस्तो अवस्थामा उनीहरुको भिसा विद्यमान नियमनअनुसार हस्तान्तरण गरिनेछ र सम्बन्धित अध्यागमन कार्यालयबाटै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ । अध्यागमन विभागको यो सूचनालाई नेपाल पर्यटन बोर्डले अद्यावधिक गर्दै पर्यटक आवागमन सहजीकरण भइरहेको उल्लेख गरेको छ ।

विमानस्थलबाट पर्यटकलाई होटलसम्म पु¥याउने र त्यहाँबाट विमानस्थल पु¥याउनका लागि सटल बसको व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

पर्यटकलाई कुनै पनि समस्या परेका खण्डमा बोर्डले कर्मचारीलाई सम्पर्क नम्बरसहित २४सै घण्टा तैनाथ गरिएको पनि उल्लेख गरेको छ । जेनजीको प्रदर्शनका कारण यही भदौ २४ गते दिउँसो १४ः३० बजेदेखि बन्द विमानस्थल २५ गते बुधबार दिउँसो १४ः३० बजे खुलाइएको थियो । बुधबार साँझदेखि अन्तरराष्ट्रिय उडान सञ्चालन भयो भने आज बिहानैदेखि आन्तरिक उडान पनि नियमित रुपमा सञ्चालन भइरहेको छ ।