जोडिनुहोस
  • होमपेज
  • मुम्बईसँगको खेलमा स्लो ओभर रेटका कारण आरसीबीका कप्तानमाथि जरीवाना

मुम्बईसँगको खेलमा स्लो ओभर रेटका कारण आरसीबीका कप्तानमाथि जरीवाना

इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली रोयल च्यालेन्जर्स बेङ्गलोर ९आरसीबी० का कप्तान रजत पाटीदारलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले जरीवाना गरेको छ । सोमवार राति वनखेडे स्टेडियममा मुम्बई इन्डियन्ससँगको खेलमा ‘स्लो ओभर रेट’ का लागि बीसीसीआईले पाटीदारलाई जरीवाना गरेको हो । यो खेल बेङ्गलुरुले १२ रनले जितेको थियो । बेङ्गलुरुले दिएको २ सय २२ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २ सय ९ रनमात्र बनाउन सक्यो । यो जीतसँगै बेङ्गलुरु ४ खेलमा ६ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा २ अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएलको १८ औं संस्करणमा ‘स्लो ओभर रेट’ का लागि जरीवाना गरिएको यो चौथो पटक हो । यसअघि मुम्बईका कप्तान हार्दिक पान्ड्या, राजस्थान रोयल्सका कप्तान रियान पराग र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्त यो जरीवानामा परिसकेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका