जोडिनुहोस
  • होमपेज
  • तोलामा ४२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ

तोलामा ४२०० रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो भाउ

 शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका