
काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज एक सूचना जारी गर्दै विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
ती कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि सार्वजनिक खरिद कार्यक्रममा सहभागी हुन पाउनेछैनन् ।