
आईसीसी महिला एकदिवसीय विश्वकप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल अक्टोबर ५ मा श्रीलङ्काको कोलम्बोमा हुने तय भएको छ ।
महिला एकदिवसीय विश्वकप सेप्टेम्बर ३० मा शुरू हुने तालिका छ । भारतले सन् २०१३ पछि पहिलो पटक महिला एकदिवसीय विश्वकप आयोजना गर्दैछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र पाकिस्तान क्रिकेट बोर्ड ९पीसीबी० बीचको हाइब्रिड सम्झौता अनुसार पाकिस्तानले आफ्ना सबै खेलहरू कोलम्बोमा खेल्नेछ ।
भारत र पाकिस्तानबीचको सम्बन्धमा तनावका कारण पाकिस्तानका खेलहरू तटस्थ मैदानमा हुन लागेको हो । यसअघि भारतले च्याम्पियन्स ट्रफीमा आफ्ना खेलहरू पाकिस्तानको सट्टा यूएईको दुबईमा खेलेको थियो ।
नोभेम्बर २ सम्म सञ्चालन हुने विश्वकपमा भारतमा हुने खेलहरू बेङ्गलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्टनममा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल गुवाहिटी वा कोलम्बो र फाइनल बेङ्गलुरु वा कोलम्बोमा हुनेछ ।
महिला विश्वकपमा आयोजक भारतसहित अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान सहभागी हुनेछन् ।