जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • ४ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ५ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ८ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • १२ मिनेटutes अगाडि
  • होमपेज
  • आज विश्व सम्पदा दिवस: सम्पदा संरक्षणमा जनचेतना र सम्पदा प्रभाव मूल्याङ्कनमा जोड

आज विश्व सम्पदा दिवस: सम्पदा संरक्षणमा जनचेतना र सम्पदा प्रभाव मूल्याङ्कनमा जोड

काठमाडौँ। आज अप्रिल १८ तारिख, विश्व सम्पदा दिवस। सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस सन् १९८३ देखि मनाउन थालिएको हो। संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षणमा यो दिवसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

हाल नेपालका काठमाडौँ उपत्यका (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन्।

यस अवसरमा पुरातत्व विभागले आज बिहान राजधानीमा सम्पदा पदयात्रा आयोजना गरेको छ। विभाग, काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रम, हनुमानढोका दरबार हेरचाह अड्डा, श्री स्वयम्भू संरक्षण तथा व्यवस्थापन महासमिति, नेपाल सम्पदा सङ्घ र बागमती प्रदेश हस्तकला सङ्घको संयुक्त आयोजनामा यो पदयात्रा हुन लागेको विभागका प्रमुख पुरातत्व अधिकृत सन्दीप खनालले जानकारी दिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा हुने पदयात्रा स्वयम्भूको भुइँखेलबाट सुरु भई हनुमानढोका दरबार क्षेत्रमा पुगेर समापन हुनेछ। पदयात्रामा विभिन्न संस्कृतिकर्मी र सांस्कृतिक संस्थाका प्रतिनिधिहरूको पनि सहभागिता रहनेछ।

यसैबीच, सम्पदास्थल नजिकै पूर्वाधार निर्माण गर्दा अब सम्पदा प्रभाव मूल्याङ्कन गर्नुपर्ने भएको छ। यसअघि ठूला आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने व्यवस्था भए पनि सम्पदा क्षेत्रमा पूर्वाधार निर्माण गर्दा सम्पदामा पर्न सक्ने असरको मूल्याङ्कन अनिवार्य गरिएको हो। पुरातत्व विभागले दुई वर्षअघि नै सम्पदा प्रभाव मूल्याङ्कन कार्यविधि तयार पारेको महानिर्देशक सौभाग्य प्रधानाङ्गले जानकारी दिए। सम्पदा प्रभाव मूल्याङ्कनसम्बन्धी सरकारीस्तरको पहिलो तालिम गत वर्ष प्रदान गरिएको र तालिम लिएका जनशक्तिबाटै यो कार्य सुरु भएको उनले बताए। विभागले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ मा गर्न लागेको संशोधनमा पनि सम्पदा प्रभाव मूल्याङ्कनको विषय समावेश गरेको छ। ऐन संशोधनमा समय लाग्ने भएकाले मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गराई सम्पदा संरक्षणका लागि यो प्रक्रिया अघि बढाइएको हो। कार्यविधि अनुसार अब सम्पदा क्षेत्रमा कुनै पनि पूर्वाधार निर्माण गर्दा सम्पदा प्रभाव मूल्याङ्कन प्रतिवेदन पेस गर्नुपर्नेछ।