
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
आईतबार मध्यान्स राप्रपाका नेता/कार्यकर्ताहरुले माईतीघरमा भेला भएर व्यवस्था परिवर्तनको माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले गत वर्षको चैत्र १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र पार्टीका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य धवलसमशेर जबरालाई निःशर्त रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा, हाम्रो दशे, प्राण भन्दा प्यारो छ, लगायत सरकारबिरोधी नाराहरु लगाएका छन् । पार्टीका नेताहरुलाई रिहाइ नगरेको भन्दै राप्रपाले आज निषेधित क्षेत्रमा आन्दोलन गर्ने घोषणा गरेबमोजिम माईतीघर क्षेत्रबाट निषेधित क्षेत्रमा प्रवेश गरी आन्दोलन गर्ने तयारी गरेको थियो ।
आन्दोलनलाई मध्यनजर गरी सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएको छ ।