जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम

राष्ट्रियसभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनले सिफारिस गर्‍यो १२ पत्रकारको नाम

आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पत्रकारिता क्षेत्रबाट पनि उम्मेदवार बनाइनुपर्ने माग गर्दै समाजवादी प्रेस संगठनले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई ज्ञापनपत्र बुझाएको छ ।

नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठनले आफ्नो संगठनका १२ जना पत्रकारमध्येबाट राष्ट्रियसभामा प्रतिनिधित्व गराइनुपर्ने माग गरेको हो । संगठनका महसचिव रामकुमार एलनका अनुसार राष्ट्रियसभा सदस्यका लागि दाबी गरिएका १२ पत्रकारहरुमा शम्भु श्रेष्ठ, किशोर श्रेष्ठ, बोधराज त्रिपाठी, कौशल चेम्जोङ, राममाया भट्टराई चमिना, भरतराज पोखरेल, शीतल साह, विश्वमणि सुवेदी, जीवन बीसी, भीम रसाइली, हेमकर्ण विश्वकर्मा र प्रतिज्ञा बूढामगर छन् ।

राष्ट्रियसभा सदस्यको दाबी गर्ने सबै पत्रकार एकीकृत समाजवादी निकट हुन् । उनीहरुले सोही पार्टीबाट राष्ट्रियसभाका लागि टिकटको दाबी गरेका हुन् । १९ सिटका लागि हुन लागेको राष्ट्रियसभा चुनावमा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट तीन सिट पाउने छ । यसमध्ये एउटा सिटमा पत्रकारलाई उम्मेदवार बनाइनुपर्ने प्रेस संगठनको माग छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्