जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • प्रधानन्यायाधीश नियुक्तिको वातावरण मिलाउन नेपाल बार एसोसिएसनको माग

प्रधानन्यायाधीश नियुक्तिको वातावरण मिलाउन नेपाल बार एसोसिएसनको माग

काठमाडौँ । नेपाल बार एसोसिएसनले नयाँ प्रधानन्यायाधीश नियुक्तिको वातावरण चाँडो मिलाउन माग गरेको छ ।  प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक यथाशीघ्र राख्न एसोसिएसनले माग गरेको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश पद आगामी साउन २० गतेदेखि पुनः रिक्त हुँदैछ । त्यस्तै, एसोसिएसनको १५ औँ राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठकको निर्णय बमोजिम जारी घोषणापत्रको प्रकरण नम्बर १ मा पूर्ण स्वचालित प्रणालीमार्फत पेसी व्यवस्थापन गर्न आग्रह गर्दै सो प्रतिवेदनलाई अविलम्ब कार्यान्वयनमा ल्याउन प्रभावकारी कदम चाल्न ध्यानाकर्षण समेत गराइएको छ ।

महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीयज्यूको कार्यकाल अत्यन्त छोरो रहेको परिप्रेक्ष्यमा उल्लिखित प्रतिवेदन कार्यान्वयनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने टड्कारो आवश्यकतालाई मध्यनजर गर्दै उक्त प्रतिवेदनलाई सर्वोच्च अदालतको पूर्ण बैठकले स्वामित्व ग्रहण गरी यथाशीघ्र कार्यान्वयनको प्रक्रिया सुरुवात गर्न, गराउन अनुरोध गर्दछौँ ।’

nepal-bar

तपाइको प्रतिक्रिया दिनुहोस्