देश
अध्यागमनमा अख्तियारको छापाः सेटिङको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ। कार्यालयमा छापा मारेर अख्तियारले महत्वपूर्ण कागजात र विद्युतीय डिभाइसहरू नियन्त्रणमा लिएको छ।
साथै हिजो मात्रै विमानस्थल अध्यागन कार्यालयबाट सरुवा भएर गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई पनि पक्राउ गरेको छ ।
मंगलबारसम्म उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
उनले मानव तस्करीमा संलग्न गिरोहसँग साँठगाँठ रहेका प्रमाण फेला परेको अख्तियार स्रोतको दाबी छ । कर्मचारीको सेटिङमा विदेश जाने कामदारबाट चर्को रकम असुलीको सूचनापछि अख्तियारले त्यसबारे बुझ्न कागजात र डिभाइस नियन्त्रणमा लिएको हो।
सहसचिव भट्टराईसँगै उनी कार्यालयमा रहँदाका कागजात र प्रयोग भएका डिभाइस पनि अख्तियारले नियन्त्रणमा लिएको छ।
विमानस्थल अध्यागमन, गृह मन्त्रालय मातहतको कार्यालय हो ।