जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका लागि गएका नेपाली युवा विपिन जोशीलाई स्वदेश फर्काउन नसक्नुको कारणबारे प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा जारी मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथिको छलफलमा भाग लिँदै हमासको अपहरणमा परेका विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउन नसक्नुका कारणबारे प्रश्न गरेका हुन् ।

‘आज विश्वमञ्च शक्ति राष्ट्रका कारणले बदलिराखेको छ । हामीले हाम्रो विपिन जोशीलाई छुटाउन सकिराखेका छैनौँ,’ भट्टराईले भने, ‘जबकी हमास र इजरायलले सयौंको संख्यामा युद्धबन्दीहरू आदान–प्रदान ग¥यो । त्यो क्रममा हाम्रो विपिन जोशी किन हामीले ल्याउन सकेनौँ रु’ ।

उनले विपिन जोशीको रिहाइका लागि गरिएको कूटनीतिक पहलबारे समीक्षा गर्नुपर्नेमा जोड दिए ।

‘कहीँ हाम्रो कूटनीतिक पहल पुगेन कि रु कहीँ हामीले विदेश मामिलामा लिएका अडानले गर्दा हामी कहीँ अल्झि राखेका छौँ कि रु,’ सांसद भट्टराईले भने, ‘जसले गर्दा हामी प्रति सहानुभूति राख्नुपर्ने मुलुकले छैनन् कि दुई देशका तनावमा हामीले लिनुपर्ने नीति ठीक ढंगले लिएका छैनौँ कि रु’ एकपल्ट हेर्ने पर्छ । समीक्षा गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’