जोडिनुहोस

हालको खबर

La roulette : un voyage fascinant au cœur des casinos
  • १ घन्टा अगाडि
Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • २ घन्टा अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • ३ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ३ घन्टा अगाडि
  • होमपेज
  • प्रचण्डको टिप्पणीप्रति बाबुराम पक्षको तीव्र प्रतिवाद: “राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड”

प्रचण्डको टिप्पणीप्रति बाबुराम पक्षको तीव्र प्रतिवाद: “राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड”

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मी डा. बाबुराम भट्टराईप्रति गरेको टिप्पणीलाई नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष भट्टराईको सचिवालयले तीव्र प्रतिक्रिया दिएको छ।

प्रचण्डले रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा डा. भट्टराईलाई लक्षित गर्दै “सबैभन्दा बुद्धि नभएको डाक्टर भनेर चिन्छन् मान्छेले” भनेका थिए। यस अभिव्यक्तिलाई लिएर डा. भट्टराईका स्वकीय सचिव रेखी गुरुङले सामाजिक सञ्जालमार्फत प्रतिवाद गरेकी छन्।

गुरुङले लेखेकी छन्, “बाबुरामलाई बुद्धि नभएको भन्नु र प्रचण्डलाई कम्युनिस्ट ठान्नु आफैंमा दुई ठूला राजनीतिक जोक हुन्। बाबुरामले आफ्नो क्षेत्र (गोरखा–२) नछाडेका भए राजनीतिक ठगी गर्न सिपालु प्रचण्ड सायद सांसद बन्ने थिएनन्।”

उनका अनुसार, गोरखामा प्रचण्डको जित बाबुरामको उदारताकै परिणाम थियो।गुरुङले थप लेखेकी छन्, “मैले पनि धेरै गोरखालीहरूलाई सुनेको छु—उनीहरू भन्छन्, बाबुरामले प्रचण्डलाई सांसद बनाउने जस्तो सोझोपन देखाउनु बुद्धिको कमी थियो।”

गुरुङले प्रचण्ड हाल भ्रमण गरिरहेको मध्यपहाडी लोकमार्ग बाबुरामकै सोच र पहलमा बनेको योजना भएको दाबी गर्दै टिप्पणी गरिन्: “बाबुरामले बनाएको राष्ट्रिय गौरवको आयोजनामा बिहानबिहान मर्निङ वाक गर्दै, त्यही व्यक्तिलाई खिसिट्युरी गर्नु आफ्नै इतिहास प्रति अट्टहास गर्नु हो।” उनले प्रचण्डलाई “सत्ताको खेलाडी” र बाबुरामलाई “परिवर्तनको संवाहक” भन्दै प्रस्ट भेदसमेत प्रस्तुत गरे। अन्त्यमा उनले लेखिन्: “नेपाली राजनीतिमा ‘कमेडी शो’ भइरहेकै छ। एकथान हास्यरसको लागि धन्यवाद, कमरेड!”