जोडिनुहोस
  • होमपेज
  • आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

आज २०८२ साल असार ९ गते सोमबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

– ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेषः दिन धेरै राम्रो छ। सोचेको काम बन्नेछ। शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिनेछ। साथीभाइको साथ मिल्नेछ।

वृषः दिन राम्रो छ। मन प्रशन्न रहने छ। यात्रा सफल हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। व्यापारमा गरेको लगानीबाट लाभ हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ।

मिथुनः दिन राम्रो छ। आफूले आफूलाई चिन्न नसक्दा समस्या बढ्नेछ। अरुका लागि मिहिनेत गर्दा समस्या हुनेछ। आम्दानीका दृष्टिले दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ।

कर्कटः दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु राम्रो हुनेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। शिक्षामा घाटा हुनेछ। इज्जतमा प्रश्न उठ्ने जोखिम छ।

सिंहः दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ।

कन्याः दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। योजना अनुसार सहकार्य गरेर अगाडि बढ्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा खटपटी बढ्नेछ।

तुलाः दिन सामान्य छ। श्रमको लाभ अरुले लिनेछन्। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ।

वृश्चिकः मन शान्त र प्रशन्न रहने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ योजना बन्नेछ।

धनुः आफ्ना साथीबाट धोका हुने जोखिम छ। सञ्चित धनको रक्षा गर्नुपर्ने छ। दाजुभाइसँगको सहकार्यबाट नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ। स्वास्थ्यमा सुधार हुनेछ।

मकरः दिन राम्रो छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । विपक्षीका कुरामा अल्झिनु भन्दा कर्तव्य बोध गरेर अगाडि बढ्नु उचित हुन्छ।

कुम्भः दिन सामान्य छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्ने छ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीनः दिन सामान्य छ। काममा आलस्यता बढ्नेछ। सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुन्छ। शनिदेवको प्रभावबाट बच्न धार्मिक कार्यमा सहभागी भएर यात्रा गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ मिल्नेछ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका