जोडिनुहोस
  • होमपेज
  • प्रधानन्यायाधीश राउतको टर्की भ्रमण अन्तिम समयमा रद्द, बेलायत भ्रमण यथावत

प्रधानन्यायाधीश राउतको टर्की भ्रमण अन्तिम समयमा रद्द, बेलायत भ्रमण यथावत

काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको बिहीबारबाट सुरु हुने टर्की भ्रमण अन्तिम समयमा रद्द भएको छ। प्रधानन्यायाधीश राउतको बिहान १०:३० बजे टर्कीको इस्तानबुल जाने कार्यक्रम थियो, तर उनले भ्रमण रद्द गरेका हुन्। राउतसँगै सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि टर्की जाने कार्यक्रम थियो।

टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणमा जान लागेका राउतको बिदाइका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारीमा थिए। उनको भ्रमण रद्द हुनुको कारण भने खुल्न सकेको छैन।

प्रधानन्यायाधीश राउतको टर्की भ्रमण रद्द भए पनि तीन दिनपछि बेलायत जाने कार्यक्रम भने यथावत रहेको स्रोतले जनाएको छ। उनी बेलायती प्रधानन्यायाधीश बरोनेस कारको निमन्त्रणामा बेलायत जान लागेका हुन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका