जोडिनुहोस
  • होमपेज
  • डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको सर्वोच्चको ठहर

डिपोर्ट गरिएका शरणार्थीहरूलाई गैरकानुनी थुनामा राखेको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले अमेरिकाबाट भुटान हुँदै नेपाल फर्काइएका चार भुटानी शरणार्थीहरूलाई गैरकानुनी रुपमा थुनामा राखिएको ठहर गरेको छ ।

उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाइपछि सर्वोच्च अदालतले ‘स्थानहद’ शब्दको दुरुपयोग गरी उनीहरूलाई थुनामा राखिएको ठहर गरेको हो ।

सर्वोच्च अदालतले उनीहरूलाई थुनामुक्त गर्न आदेश दिँदै स्थानहदमा राख्न आदेश दिएको हो । अध्यागमन कार्यालय, झापाले उनीहरूलाई स्थानहद तोकेको भन्दै इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखेको थियो ।

अध्यागमन नियमावली, २०५१ को नियम ४४९१० मा डिपोर्ट गर्नुपर्ने विदेशीहरूलाई नेपालबाट प्रस्थान नगरुञ्जेल (अध्यागमन) विभागले तोकेको वा उपलब्ध गराएको स्थानमा बस्नुपर्नेछ’ भन्ने उल्लेख छ ।

त्यही व्यवस्थाको आफू अनुकुल प्रयोग गरी अध्यागमनका अधिकारीहरूले कतिपय व्यक्तिलाई थुनामा राख्दै आएका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका