जोडिनुहोस
  • होमपेज
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका