जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • २६ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • २७ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • २९ मिनेटutes अगाडि
Análises dos Top Casinos Legais em Portugal ️ Inventário 2025
  • २९ मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • ३२ मिनेटutes अगाडि
  • होमपेज
  • रुस–युक्रेन युद्धमा अस्ताए विनोद, आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि

रुस–युक्रेन युद्धमा अस्ताए विनोद, आर्यघाटमा कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौँ– सोमबारको मध्यदिन। पशुपतिको आर्यघाट। ओखलढुंगाका वीरबहादुर सुनार (७२) हताश देखिन्थे। उनी घरी रुसी सेनाको पोसाकमा सजिएका छोराको तस्वीरमा आँखा डुलाउँथे, घरी आँसु थाम्न प्रयास गर्थे।

पराई भूमिमा युद्धमा बितेको जवान छोराको अन्तिम बिदाइमा वीरबहादुर भावविभोर देखिन्थे। परिवार र आफन्तको बाक्लो उपस्थितिबीच उनले आफूलाई जसोतसो सम्हालेन प्रयास गर्थे। छेउमै श्रीमती नरमाया, बुहारी सिर्जना थिइन्। आर्यघाटमा शोकाकुल महौलबीच पनि उनले आफूलाई सम्हाल्दै श्रीमती र बुहारीलाई पनि ढाडस दिइरहे।

अनि उनी आफै अघि सर्दै छोराको दाहसंस्कार पूरा गरे। कुशको शव बनाएर नाति कृष्ण (१४)लाई बुबा विनोदलाई दागबत्ती दिन लगाए।

“जे हुनु भई गयो,” उनी भन्छन्, “शव नपाए पनि अन्तिम संस्कार त पूरा गर्न पर्‍यो नि!”

रुस–युक्रेन युद्धमा मारिएका विनोद सुनार (३७) को परिवारले सोमबार पशुपतिको आर्यघाटमा उनको अन्तिम बिदाइ गरेको हो। पार्थिव शरीर नेपाल फर्काउन सम्भव नभएपछि परिवारले कुशको शव बनाएर हिन्दू संस्कारअनुसार उनको दाहसंस्कार गरेको हो।

शान्ति सेनाबाट फर्केर रुस
विनोद पूर्वनेपाली सेना हुन्। १६ वर्ष सेनामा बिताए। गत वर्ष उनले अवकाश लिएका थिए।

सैनिक सेवामै रहँदा उनी शान्ति सेनाको मिसनमा पनि सहभागी भए। रुस जानुभन्दा तीन महिना अघिसम्म उनी शान्ति मिसन थिए। वीरबहादुरका अनुसार विनोद शान्ति मिसनबाट फर्केपछि सेनामा भर्ना हुन २०८० असोजमा एजेन्टमार्फत रुस लागेका हुन्।

रुसी सेनामा भर्ना भएको वर्ष दिनसम्म उनी परिवारसँग सम्पर्कमै थिए। “बेला–बेला फोनमा कुराकानी गरिरहन्थ्यो,” वीरबहादुर भन्छन्, ‘‘युद्ध चर्किरा’छ, जे पनि हुन सक्छ भन्थ्यो।” रुसमा युद्ध चर्केको थाहा पाएपछि उनले छोरालाई घर फर्कन सुझाएका थिए।

असोजसम्म उनीसँग परिवारको नियमित कुरा भइरहेको थियो। त्यसपछि भने सम्पर्क टुट्यो। परिवारसँग अन्तिम पटक कुरा हुँदा उनले आफू युक्रेनको युद्ध भूमिमा जान लागेको बताएका थिए। “त्यसपछि ऊ हरायो,” बाबुले वीरबहादुरले भने, “हामीले खोज्न धेरै प्रयास गर्‍यौँ तर कुनै खबर आएन।”

परिवार उनको खबरको व्यग्र प्रतीक्षामा थियो। उनी हराएको झन्डै ७५ दिनपछि रुसबाट अप्रिय खबर आयो। रुसमा रहेका एक कमान्डरले तीन दिनअघि मात्रै परिवारलाई सम्पर्क गरी विनोद बितेको खबर सुनाएका हुन्।

गएको दशैँको केहीअघि छोरासँग वीरबहादुरको कुरा भएको थियो। विनोदले रुसी सेनाबाट बिदा मिले घर आउने योजना सुनाएका थिए। “बिदा मिले दशैँमा घर आउँछु भन्थ्यो,” वीरबहादुर भन्छन्, “तर यस्तो खबर आयो।”

विनोदको मृत्युको खबरले अहिले परिवार शोकमा छ। युद्धमा बितेको छोराको शव पनि देख्न नपाउँदा परिवारलाई झन् पीडा थपिएको छ।

विनोदको पार्थिव शरीरसम्म हेर्ने र अन्तिम संस्कार गर्ने चाहना परिवारको थियो। तर तत्काल शव आउने सम्भावना नभएपछि कुशकै शव बनाएर परिवारले चित्त बुझाउनु पर्‍यो। “शव पाएको भए पनि मन त बुझाउन हुन्थ्यो,” उनी भन्छन्, “खबरकै भरमा छोरा बितेको भनेर पत्याउन सकिरा छैनौँ।”

कुशको शव बनाएर दाहसंस्कार
अहिलेसम्म रुसी सेनामा भर्ना भएका ४८ जना नेपालीको मृत्यु भइसकेको छ। सरकारले नै रुसी सेनामा भर्ती भएका सो संख्यामा नेपालीको मृत्यु भएको पुष्टि गरिसकेको छ। तर मानव तस्कर तथा एजेन्टको आडमा रुस पुगी सेनामा भर्ती भई ज्यान गुमाएकाका परिवारले शव पाएका छैनन्।

रुसी सेनामा भर्ती भएकाका परिवारलाई एकीकृत गरिरहेको ‘रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियान’की संयोजक कृतु भण्डारीले पार्थिव शरीर नपाएका परिवारले कुशको शव बनाएर दाहसंस्कार पूरा गरेको बताइन्।

उनका अनुसार ४० बढी परिवारले कुशको शव बनाएर अन्तिम संस्कार पूरा गरेका छन्। “रुसमा मारिएका कुनै परिवारले शव पाएका छैनन्,” उनी भन्छिन्, “मृत्युको खबरकै भरमा परिवारले आफ्नो धर्मअनुसार अन्तिम संस्कार पूरा गरेका छन्।”

परराष्ट्र मन्त्रालयले पनि रुसी सेनामा ज्यान गुमाएकाको शव ल्याउन कूटनीति प्रयास भए पनि तत्काल ल्याउन सम्भव नभएको बताउँछ। मन्त्रालयका अनुसार हालसम्म ६ जना परिवारले अस्तु पाएका छन्। “परिवारलाई शव दिनुपर्छ भनेर रुसलाई भनिरहेका छौँ,” परराष्ट्रका एक अधिकारी भन्छन्, “तर हाम्रो कूटनीतिक पहुँच पुगिरहेको छैन। शव आउने कुरा अझै अनिश्चित देखिन्छ।”

साभारः उकालो डट कम