जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु अराजनीतिक : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासँग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।

संसद् बैठक स्थगित भएपछि मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारबाही समेत भएको अवस्थामा कर्मचारीसँग जोडेर मन्त्रीलाई जबाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरी विपक्षी दलका केही सांसदहरूले अभिव्यक्ति दिएको उनले बताए । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रूपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरी प्रक्रिया अघि बढाएको धारणा राखे ।

उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरूलाई कारबाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए । बर्तौलाले वर्तमान सरकार गठन भए पनि कानूनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका