जोडिनुहोस
  • होमपेज
  • पूर्वराजा शाहको ७९ औं जन्मदिन असार २३ गते विशेष समारोहसहित मनाइने

पूर्वराजा शाहको ७९ औं जन्मदिन असार २३ गते विशेष समारोहसहित मनाइने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ७९ औं जन्मदिन निर्मल निवासमा विशेष समारोह आयोजना गरेर मनाउने भएका छन् ।

असार २३ गते हुने समारोहमा शाहले शुभकामना तथा अभिवादन ग्रहण गर्ने तय भएको छ ।

शाहलाई शुभकामना दिन चाहनेहरुका लागि असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय निर्धारण गरिएको उनका सम्वाद सचिव फणिराज पाठकले बताएका छन् ।

पाठकले जन्मोत्सवको यो समारोह ‘जनचाहना अनुसार’ आयोजना गरिएको जिकिर गरेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका