जोडिनुहोस
  • होमपेज
  • जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै

जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती आज, देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको आज ७४औं जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।

फाउण्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा ‘जबजका ३ दशक’ विषयक राष्ट्रिय विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरणको आयोजना गरेको छ । फाउण्डेसनका संरक्षक एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको विशिष्ट आतिथ्यतामा हुने कार्यक्रम दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।

‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गरेका जननेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।पार्टीको पाँचौं राष्ट्रिय महाधिवेशनमा भण्डारीबाट प्रस्तुत र पारित जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ । जबज सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका