जोडिनुहोस
  • होमपेज
  • जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा आउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र शाहहीले अग्रता बनाउन सफल भएका छन् ।

त्यहाँ राप्रपाका शाही र नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीबीच प्रतिस्पर्धा हुने देखिएको छ। शाहीले १८२ मत ल्याउँदा भण्डारी १२९ मतसहित दोस्रो छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायत भने कमजोर देखिएकी छन् । उनले हालसम्म केबल २ मत ल्याउँदै प्रतिस्पर्धामा पछाडि देखिएकी छन् ।

जुम्ला प्रारम्भिक नतिजा

ज्ञानबहादुर शाही (राप्रपा) : १८२

नरेश भण्डारी (नेकपा) : १२९

दीपबहादुर शाही (काँग्रेस) : ४०

शान्तिलाल महत (एमाले) : ३०

विनिता कठायत (रास्वपा): २