जोडिनुहोस
  • होमपेज
  • बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार बिदाको दिन सरकारी कार हुइँकाउँदा दुर्घटना भएको छ ।

शनिबार दिउँसो करीब २ बजे कलंकी चोकको डिभाइडरमा लगेर उनले सरकारी कार ठोकेका छन् ।

सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटको सरकारी कार लिएर निस्केका उनले डिभाइडरमा कार ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजीव बस्नेतले दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए, त्यसपछि ट्राफिक प्रहरी पुगेर चालक भट्टलाई नियन्त्रणमा लिएको छ । कंक्रिटको डिभाइडरमाथि कार चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका कारण कारको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । कार तीव्र गतिमा आएर डिभाइडरमा हानेको र लेन मिचेर भाग्न खोजेपछि भीडले घेरेर रोकेको थियो ।