समाचार

  • राति सतर्क रहन मौसमविद्को आग्रह

    राति सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौं- मौसमविद्ले आज(बुधबार) राति विभिन्न स्थानमा पानी पर्ने भएकाले बाढी र पहिरो आउनसक्ने भन्दै सतर्क हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अबको केही घण्टा ठूलो पानी पर्ने अवस्था नरहे पनि राति १२ बजेपछि देशका धेरै स्थानमा पानी पर्ने भएकाले सतर्क हुनुपर्नेछ । महाशाखाका मौसमविद् मिनकुमार अर्यालले सुदूरपश्चिमको पहाडी […]

    बुधबार, साउन ८, २०७६
  • संसदमा गृहमन्त्री जवाफ : बाढीपहिरोले १०८ को ज्यान गयो, उचित राहत वितरण गर्छौ

    संसदमा गृहमन्त्री जवाफ : बाढीपहिरोले १०८ को ज्यान गयो, उचित राहत वितरण गर्छौ

    काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले असारको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण हालसम्म १०८ जनाको मृत्यु भएको जानकारी दिए । साथै ३३ जना हराइरहेका तथा ४६ जना घाइते भएको बताए । प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथिको छलफलमा उठेका प्रश्नको आज साँझ जवाफ दिँदै गृहमन्त्री थापाले घर आवासको क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट सङ्कलन गर्ने कार्य भइरहे […]

    बुधबार, साउन ८, २०७६
  • कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्रीको भनाई

    कर्मचारीहरुको ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्रीको भनाई

    काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउन कर्मचारीहरुको ट्रेड युनियन पनि खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाउने काम भईरहेको दावी गर्दै सचेत रहन पनि कर्मचारीहरुलाई आग्रह गरेका छन् । आज(बुधबार) बिहान […]

    बुधबार, साउन ८, २०७६
  • अविरल वर्षाका कारण बबई नदीले ३ जना बगायो, २ बेपत्ता

    अविरल वर्षाका कारण बबई नदीले ३ जना बगायो, २ बेपत्ता

    काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बर्दियाको बबई नदीमा आएको बाढीले ३ जनालाई बगाएको छ । ३ जना मध्ये एक जनाको जिवितै उद्धार गरिएको छ भने २ जना बेपत्ता छन् । काठ संकलन गर्न गएका बेला उनीहरुलाई नदीले बगाएको हो । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण हेटौंडा–१७ […]

    बुधबार, साउन ८, २०७६
  • मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

    मकवानपुरमा भीषण वर्षा, बाटो अबरुद्ध, गाडीलाई खोलाले बगायो

    मकवानपुर । मकवानपुरमा रातिदेखि फेरि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ । असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको […]

    बुधबार, साउन ८, २०७६
  • दुई साता बित्दा पनि मार्तडी–कोल्टी सडक खुलेन

    दुई साता बित्दा पनि मार्तडी–कोल्टी सडक खुलेन

    बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य […]

    बुधबार, साउन ८, २०७६
  • मार्तडी–कोल्टी सडक खुलेन

    मार्तडी–कोल्टी सडक खुलेन

    बाजुरा जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अविरल वर्षाका कारण अवरुद्ध भएको दुई साता बित्दा पनि खुलेको छैन । लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हँुदै आएका सवारीसाधन ठप्प भएका छन् । मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगका स्थानीयवासी पैदलयात्रा गर्न बाध्य छन् । […]

    बुधबार, साउन ८, २०७६
  • ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

    ५० वर्षमाथिका अविवाहित महिलालाई भत्ता

    डोटीको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षको उमेरसम्म अविवाहित रहेका महिलालाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ ।नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटबाट त्यस्ता महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति लिएको दिपायल सिलगढी प्रमुख मञ्जु मलासीले जानकारी दिइन् । पाँचौ नगरसभामा प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा यसलाई समेटिएको छ । यो […]

    बुधबार, साउन ८, २०७६
  • नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

    नगरप्रमुखविरुद्ध कार्यालयमा धर्ना

    हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईदेखि रुष्ट बनेका चार वडाध्यक्षसहितका स्थानीयवासीले मङ्गलबार नगरपालिका कार्यालयमा धर्ना दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित चार वडाध्यक्षको मागलाई नगरप्रमुख राईले बेवास्ता गरी नगरसभा गरेको विरोधमा उत्रिएका वडाध्यक्षसँगै २६ जनप्रतिनिधिसहितको स्थानीयवासीले दुर्छिमस्थित नगरपालिकाको कार्यालय अगाडि धर्ना दिएका हुन् । केन्द्रबाट बजेट बढेर आए पनि वडालाई अघिल्लो वर्षको तुलनामा […]

    बुधबार, साउन ८, २०७६
  • आज र भोलि देशभर पानी पर्ने,सतर्कता अपनाउन आग्रह

    आज र भोलि देशभर पानी पर्ने,सतर्कता अपनाउन आग्रह

    बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको हो। महाशाखाले आज मौसम पूर्वानुमान […]

    बुधबार, साउन ८, २०७६