समाचार

  • पोखरा एयरपोर्टलाई भारतीय अवरोध

    पोखरा एयरपोर्टलाई भारतीय अवरोध

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ। बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेका छ। जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • धराप सडकको खाल्डाखुल्डी

    धराप सडकको खाल्डाखुल्डी

    काठमाडौं महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको राजधानीका खाल्डाखुल्टी पुर्ने काम अन्तिम चरणमा पुगेको दावी गरेको छ । धुलो, हिलो र खाल्डाखुल्डी सडकका कारण राजधानीम दुर्घटना बढेपछि आलोचना खेप्दै आएको कामपाले मेलम्ची खानेपानीको पाइप बिच्छ्याउदा बनेको सडकको खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको जनाएको हो । कामपाले गएको भदौ लगत्तै ३२ वटै वडामा परेका खाल्डाखुल्डी पुर्न थालेको […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

    निर्मला हत्याका सयदिन : अनुसन्धान अझै शंकामा

    महेन्द्रनगर – कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको छ। तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन्। प्रहरीको अनुसन्धान उपलब्धिहीन देखिएको छ। अनुसन्धान सूक्ष्म र साँघुरो पार्दै लगिएको प्रहरी अझै दाबी गर्छ। ‘अनुसन्धान भइरहेको छ, तर यहाँ पुग्यो भन्ने अवस्था छैन।’ जिल्ला प्रहरी कार्यालयका अनुसन्धान […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • प्रधानमन्त्री आज डिस्चार्ज हुने

    प्रधानमन्त्री आज डिस्चार्ज हुने

    प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । नियमित स्वास्थ्य परीक्षणपछि उहाँ पूर्व अवस्थामा फर्कनुभएकाले आज शुक्रबार डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँ सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कनुहुने भएको छ।,यो […]

    शुक्रबार, कार्तिक १६, २०७५
  • आज राष्ट्रपति स्वदेश फर्किंदै

    आज राष्ट्रपति स्वदेश फर्किंदै

    काठमाडौं । कतारको चार दिने भ्रमण पूरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी आज साँझ स्वदेश फर्कदै हुनुहुन्छ । कतारी राजा शेख तमिम विन हमाद अलथानीको निम्तोमा राष्ट्रपति भण्डारी गत सोमवार दोहा जानु भएको थियो । दोहास्थित अमिरि भवनमा दुई राष्ट्र प्रमुखबीच भएको भेटवार्तामा नेपाली कामदार, लगानी, कृषि, पर्यटन लगायतका क्षेत्रमा भैरहेको साझेदारीका विषयमा कुराकानी भएको थियो […]

    बिहिबार, कार्तिक १५, २०७५
  • ३२ हजार कर्मचारी अान्दोलनमा

    ३२ हजार कर्मचारी अान्दोलनमा

    काठमाडाैं । सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रूपमा कार्यरत ३२ हजार कर्मचारी पुन: आन्दोलनमा उत्रिएका छन्। नेपाल समाचारपत्र दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबार केन्द्रित आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिए। नयाँ संरचना अनुसार समायोजनमा परेर हटाइएका कर्मचारीले आफ्नो […]

    बिहिबार, कार्तिक १५, २०७५
  • सर्वाेच्चकै न्यायाधीशकी श्रीमती किर्ते अभियाेगमा पक्राउ

    सर्वाेच्चकै न्यायाधीशकी श्रीमती किर्ते अभियाेगमा पक्राउ

    काठमाडाैं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन्। न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारी उदयपुरले नियन्त्रणमा लिएको हो। ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए।सोमबार पक्राउ […]

    बिहिबार, कार्तिक १५, २०७५
  • भाइटीकाको शुभ साइत बिहान ११ः ५५ बजे

    भाइटीकाको शुभ साइत बिहान ११ः ५५ बजे

    काठमाडाैं । यो वर्षको भाइटीकाकाे साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा निस्केको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले बुधबार भाइटीकाको साइत सार्वजनिक गरेको हो। कार्तिक शुक्ल द्वितीयमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्टचिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने परम्परा रहेको समितिका अध्यक्ष डा‍. रामचन्द्र गाैतमले बताए। […]

    बिहिबार, कार्तिक १५, २०७५
  • मंसिरभित्र मेलम्चीको पानी छाड्न निर्देशन

    मंसिरभित्र मेलम्चीको पानी छाड्न निर्देशन

    काठमाडाैं । अन्तिमसम्म मेलम्चीको सुरुङ परीक्षण गर्ने तयार भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ । मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कुल २७।५८४ किलोमिटर सुरुङमध्ये ५ किलोमिटर सुरुङ मात्र ढलान हुन बाँकी छ । बाँकी ढलानको कामले गति लिएकाले मंसिरको अन्तिमसम्म सुरुङ परीक्षण गर्ने तयारी भइरहेको आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले बताए । ‘मन्त्रालयले त हामीलाई २० मंसिरभित्रै […]

    बिहिबार, कार्तिक १५, २०७५
  • युएईद्धारा आममाफीको समयावधि एक महिना थप

    युएईद्धारा आममाफीको समयावधि एक महिना थप

    काठमाडाैं । संयुक्त अबर इमिरेट्स युएइले गैरकानुनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैध रुपमा सोही देशमै रहनका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानुनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १द्ध सम्म लागु हुने गरी तीनमनिे आमाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि बुधबार सकिँदै थियो । आबुधाबीस्थित […]

    बिहिबार, कार्तिक १५, २०७५