जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको हो । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ ।

मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा. नारायणप्रसाद रेग्मीका अनुसार तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो अब सबै नाका खुल्दै जाने उनको भनाई छ ।

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख ९१ मे ० बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ । चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीको भनाई छ ।

वाणिज्य मन्त्रालयकाअनुसार अब सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको हो । हाल हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालनमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्