जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • अज्ञात आक्रमणकारीद्वारा पाकिस्तानी प्रहरी अधिकृतको गोली हानी हत्या

अज्ञात आक्रमणकारीद्वारा पाकिस्तानी प्रहरी अधिकृतको गोली हानी हत्या

लाहोर– बिग्रिँदै गएको कानून र व्यवस्थाको बीचमा, पाकिस्तानको मिल्त पार्कको घर अगाडि मुखौटाधारी आक्रमणकारीहरूले एक सेवानिवृत्त पुलिस अधिकारीलाई गोली हानी हत्या गरेको डन पत्रिकाले लेखेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको घटनाको सीसीटीभी भिडियोमा ६२ वर्षीय सेवानिवृत्त एसपी फरहत अब्बास मुल्तान रोडको मिल्त पार्कबाट आफ्नो गृहनगर बहरवाल गाउँ पट्टोकी जान आफ्नो कारमा चढ्दै गर्दा एक युवकले पेस्तोल लिएको देखिएको छ ।

घटना लगत्तै आरोपी घटनास्थलबाट फरार भएका थिए । घाईतेलाई अस्पताल लैजादैँ गर्दा उनलाई मृत घोषित गरिएको थियो । मिल्त पार्क प्रहरीले शवलाई पोस्टमार्टमका लागि शवगृहमा राखेको र मृतकका भतिजा सलमान ताहिरको उजुरीको आधारमा अज्ञात हत्याराविरुद्ध ज्यान मार्ने मुद्दा दर्ता गरेको डनले जनाएको छ । घटनामा अनुसन्धान थालिएको र हत्यारालाई पक्राउ गरी अनुसन्धान गर्न वरिष्ठ प्रहरी अधिकारीलाई आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्