जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • मधेस सरकारले पायो पूर्णता, माओवादीका मन्त्रीद्वारा शपथ

मधेस सरकारले पायो पूर्णता, माओवादीका मन्त्रीद्वारा शपथ

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका दुई जना मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।माओवादी केन्द्रबाट उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादव र उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले शपथ लिएका हुन् ।

उद्योगमन्त्री यादवलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले र राज्यमन्त्री अन्सारीलाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ दिलाएका हुन् । उद्योगमन्त्री यादव धनुषाबाट निर्वाचित समानुपातिक सांसद हुन् भने अन्सारी पर्सा १ (१) बाट निर्वाचित सांसद हुन् । प्रदेशमा असन्तुष्ट बनेका माओवादी केन्द्रका यी दुईजना सरकारमा सहभागी भएसँगै मधेस प्रदेश सरकारले पूर्णता पाएको छ । मधेस प्रदेश सरकार १५ सदस्यीय रहेको छ ।

मुख्यमन्त्रीलाई समर्थन दिएका चार दल सरकारमा सहभागी भएपनि माओवादी केन्द्र सहभागि नभएपछि प्रदेश सरकारले पूर्णता पाएको थिएन । मन्त्री यादवले मैथिली र राज्यमन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिएका छन् । उनीहरुले प्रदेशमा मन्त्रीमण्डल बाँडफाँडको विषयमा असन्तुष्ट भएपनि पुरानै मन्त्रालयको मन्त्रीको रुपमा सपथ लिएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्