जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु  प्रधानमन्त्री प्रचण्ड

इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु  प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् । सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्रीले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको जानकारीसमेत दिएका छन् ।

बैठकले इजरायल सरकारसँग समन्वय गरी निधन भएकाहरुको शव नेपाल ल्याउने, राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, बेपत्ताको खोजी र घाइतेको उपचारको समन्वय गर्ने, नेपाली नागरिकलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।

यो दुःखद र कठिन घडीमा धैर्यतापूर्वक सम्हालिएर अघि बढ्नसमेत प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्