जोडिनुहोस

हालको खबर

Play Free Slots 32,178+ Salle de jeu Slot Demos
  • ४ मिनेटutes अगाडि
Initial Casino un tantinet Hollande Commentaire Top 2025
  • ६ मिनेटutes अगाडि
Casino quelque peu versatile
  • ६ मिनेटutes अगाडि
  • होमपेज
  • भूपू गोर्खा र बेलायती रक्षा मन्त्रालयका बिचमा छलफल सम्पन्न

भूपू गोर्खा र बेलायती रक्षा मन्त्रालयका बिचमा छलफल सम्पन्न

लण्डन । आन्दोलनरत भूपू गोर्खाहरुको माग सम्बोधन गर्ने उदेश्यले नेपाली राजदूतावास र बेलायतको रक्षा मन्त्रालयका पदाधिकारीहरुबीच प्राविधिक स्तरको वैठक सम्पन्न भएको छ ।

लण्डनमा सम्पन्न वैठकमा भूपू गोर्खाहरुका पेन्सन, कल्याणकारी विषय, गुडविल पेमेन्टलगायतका मागहरुमा विस्तृत छलफल भएको नेपाली दुतावास लण्डनले जनाएको छ।

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरुले उठाएका विषयहरुमा सम्बन्धित निकाय तथा पदाधिकारीहरुसँग आन्तरिक छलफल गरी आगामी बैठकहरुमा जानकारी गराउने बताएको छ।

बैठकमा नेपाल सरकारका तर्फबाट नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी सहायक रथी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरुको तर्फबाट मेजर ९अप्रा० जुदबहादुर गुरुङ्ग, धर्मबहादुर तामाङ, पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग, सइन्द्रा केसी थापाको उपस्थिति थियो ।

यस्तै बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय र अन्तर्गतका अधिकारीहरुको सहभागिता रहेको दुतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्